तपाइको घुर्नी बानि छ ? घुर्नी बानीले संगै सुतेको मानिसको निद्रामा असर पर्छ । घुराईले स्वास्थ्यमा समेत दुष्प्रभाव पारिरहेको हुन्छ । यसको सिधा सम्बन्ध मुटुसम्बन्धी समस्याहरुसंग हुन्छ। यसैले घुराईको बढी समस्या छ भने तत्काल चेकअप गराईहाल्नुस । घुराईलाई घरेलु उपायको सहयोगले पनि निको पार्न सकिन्छ । घुर्नी बानि निको पार्न को लागि यी उपाएहरु पढ्नुहोस ।
बेसारको प्रयोग – बेसारमा एन्टीसेप्टिक र एन्टबायोटिक गुण हुन्छन् । यसैले यसको प्रयोगले नाकको बाटो खुला हुन्छ र श्वास फेर्न पनि सजिलो हुन्छ । राती सुत्नुअघि दिनहुँ बेसार मिसाएको दुध पिउनाले घुराईको समस्या समाधानमा मद्दत गर्छ ।
ओलिभ आयलको प्रयोग – यसमा भरपूरमात्रामा एन्टीइन्फ्लामेटरी गुण हुन्छ, जसले श्वासनतन्त्रको प्रक्रिया सुचारु बनाउन सहयोग गर्छ । साथै यसले दुखाईलाई पनि कम गर्छ । सानो चम्चाको आधा चम्चा ओलिभआयलमा समान रुपमा मह मिसाएर सुत्नुअघि नियमित सेवन गर्नुपर्छ । घाँटीमा कम्पन कम गर्न र घुराई रोक्नका लागि नियमित यो उपाय अपनाउनुपर्छ ।
अलैचीको सेवन – अलैंचीले चिसोबाट लागेको खोकी निको पार्न सहयोग गर्छ । यसले श्वासनतन्त्र खोल्छ, जसबाट श्वास राम्रोसंग लिन सकिन्छ । राती सुत्नुअघि अलैंचीका केही दानामा मनतातो पानी मिलाएर पिउनाले समस्यामा राहत हुन्छ । सुत्नुअघि कम्तीमा पनि आधा घण्टा अघि यस्तो पानी पिउनुपर्छ ।
पुदिनाको तेल – पुदिनामा भएको तत्वले घाँटी र नाकको प्वालको सुन्नाई कम गर्न सघाउछ । यसबाट श्वास लिन सजिलो हुन्छ । सुत्नुअघि पिपरमिन्ट आयलको केही थोपा पानीमा राखेर कुल्ला गर्नुपर्छ । यसले पनि केही दिनमै समस्या समाधान हुन्छ ।
पुदिनाको तेल – पुदिनामा भएको तत्वले घाँटी र नाकको प्वालको सुन्नाई कम गर्न सघाउछ । यसबाट श्वास लिन सजिलो हुन्छ । सुत्नुअघि पिपरमिन्ट आयलको केही थोपा पानीमा राखेर कुल्ला गर्नुपर्छ । यसले पनि केही दिनमै समस्या समाधान हुन्छ ।
लसुनको प्रयोग – लसुनले नाकको मार्गमा सिंगानको निर्माण र श्वास प्रश्वास प्रणालीमा सुन्निने प्रक्रिया कम गर्न मद्दत गर्छ । यदि साइनस अवरोधका कारण घुराई भएको हो भने लसुनले पनि राहतको काम गर्छ । लसुनमा निको पार्ने गुण हुन्छ, जसले ब्लकेजलाई सफा गर्नुका साथै श्वासनतन्त्रलाई पनि राम्रो बनाउछ । राम्रो र आरामदायी निन्द्राका लागि लसुनको प्रयोग फाइदाकारी हुन्छ । एक या दुई पोटी लसुन सुत्नुअघि पानीका साथ खानुहोस्, यसले घुराईलाइ हटाउन मद्दत गर्छ । यी उपाए हरु लाइ राम्रोसंग प्रयोग गर्नुस घुर्नी बानि ठिक हुन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...