केहि समय पहिलासम्म हाम्रो नेपाली समाजमा १५ वर्ष काटेपछि छोराछोरीको बिहे गर्दिने प्रचलन बढिरहेको देखिन्थ्यो । आमाबुबाले भन्ने गर्थे कि उमेर पुगेपछि छोरीलाई घरमा राख्नुहुन्न विवाह गरिदिए आफ्नो जिम्मेवारी पुरा हुन्छ । तर आजकलका युबतीहरु २० देखि २५ उमेर नभई विवाह गर्न रुचाउँदैनन । सायद त्यही कारणले होला उनीहरु आफ्ना आमाबुबालाई विवाह टाल्न विभिन्न बहाना बनाउने गर्छन् ।
वर्तमान समयमा नेपाली समाजमा चेतनाको स्तर माथि उठेको देखिन्छ । त्यसैले आजकलका युवतीहरु आफ्नो करिअर नबनाइ विवाहका लागि आफु तयार नरहेको र आफु सक्षम भएपछि मात्र विवाह गर्ने अडान राख्ने गरेको एक अध्यनले देखाएको छ ।
लव अफयेरको बारेमा सोच्छन् र गर्छन् पनि तर करिअरलाई प्राथमिकतामा राखेर । विवाह गर्न त चाहान्छन् तर आफ्नो हिसाबले, आफुले मन पराएको केटासँग । कहिलेकाही परिवारमा विवाहको कुरा चलिहालेमा उनीहरु यस्ता १० कुराहरु प्राथमिकतामा राखेर बहाना बनाउने काम गर्छन् ।
-म विवाह गर्न चाहादिन । म अझै पढ्न चाहान्छु । यो उमेर विवाह गर्ने होइन ।
-म मेरो बुबाआमालाई छोडेर कतै जान्न । जबसम्म राम्रो जागिर मिल्दैन तबसम्म विवाह गर्दिन ।
-म पहिला मेरो वजन घटाउँछु । त्यसपछि विवाहबारे सोचुला ।
-मलाई केटामा अहिले इन्ट्रेस्ट छैन । म पहिला पैसा कमाउँन चाहान्छु ।
-अहिले मेरो करिअर बनाउने बेला हो । मेरो टाइपको केटा भेटाउँनुहोस् पहिला ।
– म विदेश जान चाहान्छु । त्यसपछि विवाहबारे सोचुला ।
-कोही केटा नै मलाई मन पराउँदैनन्, पहिला म केही बनेर देखाउँछु ।
-मलाई खाना बनाउन आउँदैन, म पहिला खाना बनाउन सिक्छु ।
-मैले अहिलेसम्म पहिलो माया भुल्न सकेकी छैन । मलाई अरु केही समय दिनुहोस् । सबै ठीक भएपछि म विवाह बारे भन्छु ।
– म आजकल आफ्नो तरिकाले जिउन चाहान्छु । ठुलो दाईको गरिदिनु त्यसपछि म गर्छु । एजेन्सीको सहयोगमा


0 comments
प्रतिक्रिया दिनुहोस्...