‘नेपाललाई टेस्ट खेल्ने अवसर’
रिचर्डसनले टेस्ट क्रिकेटलाई जोगाइराख्न राम्रो प्रतिस्पर्धा आवश्यक भएको र त्यसमा आईसीसीले टेस्ट क्रिकेटका लागि दुई फरक डिभिजन बनाउन लागेको जनाए ।
आगामी केही सातासम्ममा नयाँ टेस्ट राष्ट्रहरूको पनि घोषणा हुने उनले जनाएका छन् । रिचर्डसनले नेपालसहित अफगानिस्तान, आयरल्यान्डका लागि टेस्ट मान्यताको ढोका खुलेको जनाउँदै वेस्ट–इन्डिजजस्ता स्थापित राष्ट्रहरूका लागि खतराको घन्टी पनि बजेको बताए ।
टेस्ट डिभिजनको खाका कस्तो हुनेबारे केही नखुले पनि यसै महिनाको अन्तसम्ममा सबै सहमत भइसक्ने जनाइएको छ । त्यसअनुसार माथिल्लो डिभिजनमा ७ टिम र दोस्रो डिभिजनमा ५ टिम हुनेछन् । दुई वर्षको सर्कलमा खेलिसकेपछि एउटा टिम झर्नेछ भने अर्को टिम उक्लिनेछ ।
‘हामीले नसोचेको राष्ट्रहरूसँग बहुदिवसीय क्रिकेट खेल्ने महत्त्वाकांक्षा छ र वास्तविकता के हो भने उनीहरूमा त्यो सम्भावना पनि छ । नेपाल, अफगानिस्तान र आयरल्यान्डमा त्यो सम्भावना छ । तर आयरल्यान्ड र नेपालले त्यस्तो अवसर पाएका छैनन् ।
जिम्बावेले विरलै खेलेको छ । वेस्ट–इन्डिज ट्वान्टी–२० क्रिकेटमा बढी केन्द्रित छ,’ रिचर्डसनले बताए ।
उनले टेस्ट मान्यता र पूर्ण सदस्यता राष्ट्रहरूको सदस्यता नियममा पनि परिवर्तन आउने संकेत गरे ।
उनले टेस्ट मान्यता र पूर्ण सदस्यता राष्ट्रहरूको सदस्यता नियममा पनि परिवर्तन आउने संकेत गरे ।
लन्डनमा अर्को वर्ष हुने च्याम्पियन्स ट्रफीको खेल तालिका प्रकाशित गर्नेक्रममा यस्तो बताएका हुन् । उनले विश्व ट्वान्टी–२० लाई २०१८ मा गर्न लागिएको पनि जनाए । विश्व क्रिकेटको सर्वोच्च संस्थाले प्रत्येक २ वर्षमा गर्दै आएको विश्व ट्वान्टी–२० चार वर्षको अन्तरमा गरिने निर्णय गरेको थियो ।
तर हालैको आईसीसीको बैठकले त्यो निर्णयलाई उल्टाउँदै २–२ वर्षमै गर्ने निर्णय गरेको हो । त्यसमा कम्तीमा १६ टिम सहभागी हुनेछन् । दक्षिण अफ्रिका, श्रीलंका र यूएईमध्ये एकले प्रतियोगिता आयोजना गर्नेछन् । रिचर्डसनका अनुसार यसको अन्तिम निर्णय आईसीसीको ब्रोडकास्ट पार्टनर स्टारसँग सल्लाह गरेर गरिनेछ ।
भारतका शशांक मनोहर आईसीसीको अध्यक्षमा आएपछिको पहिलो परिवर्तनका रूपमा टेस्ट डिभिजनलाई हेरिएको छ । उनले आईसीसीमा आबद्ध सबै १ सय ५ राष्ट्र समान हुनुपर्ने उल्लेख गर्दै केही राष्ट्रको मनोमानीको अन्त्य हुने संकेत गरेका छन् ।
\


0 comments
प्रतिक्रिया दिनुहोस्...