जेठ ९ गते आइतबार राजधानीको कालिमाटी नजिकैको भिमसेन स्थानस्थित परोपकार माध्यमिक विद्यालय (सामुदायिक विद्यालय)मा विहानको सभा चलिरहेको थियो । शिक्षकले सभामा केही मन्तव्य राख्नका लागि एक जना विद्यार्थीको नाम बोलाइरहेका थिए । वाक कलामा निकै तिक्ष्ण कक्षा ९ का छात्र विराज भुजेलको नाम शिक्षकले बारम्वार बोलाउँदा पनि उनी कतै देखिएनन् । अरु बेला नाम लिने बित्तिकै मञ्चमा उक्लेर बोल्ने विराज धेरैचोटी बोलाउँदा पनि कतै नदेखिएपछि ऊ किन अनुपस्थित रह्यो भन्ने धेरैको मनमा कौतुहलता थियो । तर, ती कसैलाई थाहा थिएन कि विराजले सदा सदाका लागि यो संसार छाडिसकेको छ भन्ने । अर्काकाे घरमा काम गरेर भए पनि उनले अाफ्नाे पढाइमा निकै प्रगति गरेका थिए sajha page


0 comments
प्रतिक्रिया दिनुहोस्...