नेत्रविक्रम माओवादीले गरेको बन्दले ४ जिल्ला प्रभावित
बन्दका कारण पासाङ ल्हामु मार्गमा सञ्चालित नुवाकोट र रसुवा चल्ने छोटो र लामोदुरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् । बन्दका कारण कुनै अप्रिय घटना भने भएको छैन ।
नुवाकोट सदरमुकाम विदुरका बजार प्राय बन्द छन् । उद्योग कलकारखाना , शैक्षिक संस्था र सरकारी कार्यालयमा सेवाग्रहीको फाटफुट देखिएका छन् । स्थानीयवासी पैदल आवतजावत गरिरहेका छन् भने बजार वरिपरि निजी मोटरसाइकल र साइकल मात्रै सञ्चालित छन् ।
नुवाकोट सदरमुकाम विदुर, बजार क्षेत्र त्रिशूली, बट्टार, ढुंगे, ढिकुरे, देवीघाट बजार समेत बन्दका कारण सुनसान छन् । त्यसैगरी रसुवा जाने सवारी समेत चलेका छैनन् । बन्दका कारण रसुवा भित्रिने पर्यटकीय साधन समेत ठप्प छ भने रसुवागढी नाकाबाट रसुवा भन्सार कार्यालयबाट छुट्नुपर्ने समान बोकेका कन्टेनर समेत काठमाडौंका लागि छुटेका छैनन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...