स्वास्थ्यमा ख्याल गनुहोस् ,मौषम सँगै बढ्दै छन् भाइरलजन्य रोगका बिरामी
डडेल्धुरा, वर्षात्का कारण खानेपानीमा प्रदूषण बढेपछि जिल्लाका विभिन्न क्षेत्रमा भाइरलजन्य सरुवा रोगको सङ्क्रमण बढेको चिकित्सक हरु बताउँछन् । केही दिनयतादेखि डडेल्धुरा जिल्लामा विभिन्न किसिमका भाइरलजन्य रोगका बिरामीको सङ्ख्या बढिरहेको छ ।
डडेल्धुरा जिल्लाको उपक्षेत्रीय अस्पताललगायत विभिन्न गाउँस्तरमा रहेका स्वास्थ केन्द्रमा भाइरलजन्य रोगका बिरामीको चाप बढेको चिकित्सकहरुले जनाएका छन् ।
फोहर पानीका कारण झाडापाखाला, रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनिया, एलर्जीलगायतका भाइरलजन्य रोगका बिरामीको सङ्ख्या ह्वात्तै बढेको स्वास्थ्य चिकित्सकहरुले जनाएका छन् । दैनिक ३० देखि ४० जनाभन्दा बढी भाइरलजन्य रोगका बिरामी आइरहेको उपक्षेत्रीय अस्पतालका प्रमुख मेसु डा सन्तोष गुप्ताले बताउनुभयो ।
दैनिक उपचार गर्न आउने बिरामीमध्ये आधाजति भाइरल ज्वरो, निमोनिया, झाडापाखाला जस्ता रोगका बिरामीको उपचार गराइरहेको मेसु गुप्ताले बताउनुभयो ।
स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप दोब्बरले बढिरहेको अजयमेरु स्वास्थ्य चौकीका अहेब मदनराज भट्टले जानकारी गराउनुभयो ।
प्रदूषित खानेपानी, चेतना अभाव, सरसफाइ अभाव, विभिन्न रोगको अज्ञानताका कारणले यस क्षेत्रमा वर्षायाममा सरुवा तथा भाइरलजन्य रोग सङ्क्रमण बढ्दै गइरहेको पाइन्छ । रासस


0 comments
प्रतिक्रिया दिनुहोस्...