एमालेका विभागहरूले महाधिवेशनको झन्डै २२ महिनापछि बल्ल पूर्णता पाएका छन् ।
पार्टीमा अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल समूहबीच विभागमा रहने सदस्यबारे विवाद भएपछि पूर्णता पाउन सकेको थिएन । अहिले दुवै समूहले आ-आफू निकट व्यक्तिहरूलाई व्यवस्थापन गरेपछि सहमति बनेको हो ।
पार्टीमा अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल समूहबीच विभागमा रहने सदस्यबारे विवाद भएपछि पूर्णता पाउन सकेको थिएन । अहिले दुवै समूहले आ-आफू निकट व्यक्तिहरूलाई व्यवस्थापन गरेपछि सहमति बनेको हो ।
केन्द्रीय समिति बैठकले विभाग गठन विवाद मिलाउन महासचिव इश्वर पोखरेलको संयोजकत्वमा सचिवहरू पृथ्वी सुब्बा गुरुङ र गोकर्ण विष्ट सदस्य रहेको कार्यदल बनाएको थियो । कार्यदलले विभागका प्रमुख/उपप्रमुखहरूसहित बसेर सदस्यको नाम टुंगो लगाएको हो ।
महासचिव पोखरेलले सहमतिमा विभागहरूले पूर्णता पाएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिए । ३१ वटा विभागमा बढीमा २५ जना सदस्य रहने गरी गठन गरिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...