प्रथम विश्व किसान सम्मेलन हुंदै
‘साम्राज्यवादबाट निर्देशित उदार अर्थतन्त्रको पञ्जावाट कृषि र कृषि क्षेत्रलाई मुक्त गरौं’ भन्ने नाराका साथ राजधानीमा प्रथम विश्व किसान सम्मेलन हुने भएको छ । जमिनको उपयोग र कृषिको अवस्था सम्बन्धमा विश्व समुदायलाई जानकारी गराउने उद्देश्यले आयोजना हुन लागेको सम्मेलनमा विश्वका ५० भन्दा बढी मुलुकका २ सय ५० भन्दा बढी किसान प्रतिनिधिको सहभागिता रहने आयोजक अखिल नेपाल किसान सङ्घले जनाएको छ ।
शुक्रबारदेखि शुरु हुने तीनदिने अन्तरराष्ट्रिय सम्मेलनमा नेपाललगायत भारत, बङ्गालदेश, श्रीलङ्का, पाकिस्तान, जर्मन, फ्रान्स, अमेरिकालगायत मुलकका किसान, संगठन, कृषि किसानसँग आवद्ध सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहने आयोजकले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
नेपाल कृषि प्रधान मुलुक भएपनि कृषि क्षेत्रलाई कुनै पनि सरकारले प्राथमिकतामा नराखेको भन्दै सम्वन्धित मुलुक सरकारलाई घचघच्याउन विश्व सम्मेलन आयोजना गरिएको सङ्घले जनाएको छ । सम्मेलनमा विश्वभरीका किसानका समस्या समाधानका बारेमा व्यापक वहस र छलफल हुने आयोजकले बताएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...