-->
फेसबुकमा जताभावी पोष्ट गर्दा पुनर्वासका व्यापारी झण्डै प्रहरीको खोरमा
Advertisement

फेसबुकमा जताभावी पोष्ट गर्दा कञ्चनपुर पुनर्वास नगरपालिकाका एक जना व्यापारी झण्डै प्रहरीको खोरमा पुगेका थिए । गत बहिबार देखि कञ्चनपुर पुनर्वास नगरपालिकाका एक जना व्यापारी फैरु
तामाङले काठमाण्डौं ढुङ्गे अढ्ढा बाग्मती नदिको किनारमा रहेको चितवनका लालबहादुर विकको घरलाई कञ्चनपुरका पूर्व सहायकमन्त्री लालबहादुर विश्वकर्माको घर हो भन्ने आसय व्यक्त हुने गरी ‘लालबहादुर विश्वकर्माको कलंकीमा ४ तले घर’ भनी बारम्बार आफ्नो फेसबुकमा वालमा पोष्ट गरे पछि सक्कली घरधनी प्रहरीमा पुगेको थिए । तामाङ ईट्टा व्यवसायी संघ कञ्चनपुरका जिल्ला उपाध्यक्ष तथा विभिन्न संघसंस्थामा आवद्ध र स्थानीय सफल व्यापारी पनि हुन् । उनले पोष्ट गरेको फोटामा प्रतिक्रिया दिएकाहरुले तामाङको यो बचपना हर्कतका कारण आफुहरु समेत लज्जित हुनु परेको बताउँछन् । जति बेला पनि फेसबुक चलाउने र विचारै नपुर्याई फोटो अपलोड गरिरहने बानीका कारण यो सबै भएको एकजना तामाङका समकक्षी बताउँछन् । आफुले पोष्ट गरेको कुराले यो रुप लिन्छ भन्ने नलागेको र बाटोमा हिड्दै गर्दा लालबहादुरजीको नाम मिल्न गएको हुदा मजाकमा यो कार्य गरेको तामाङले बताए । तामाङले बिना जानकारी आफ्नो उद्योग व्यवसायको व्यानर सहित घरको फोटो राखेर कुप्रचार गरी आफ्नो घर र व्यवसायकै बदनाम गरेको घरधनी विकको छोरी बताईन् । मेरो नीजि घर व्यवसायलाई बदनाम हुने गरी सामाजिक सञ्जालमा गलत तरिकाले प्रचार गरेको भन्दै घरधनी विकले प्रहरीमा साईबर क्राईम ऐन अन्तर्गत उजुरी हाल्न लागे पछि तामाङले आफुबाट गल्ती भएको र अब देखि यस्तो हर्कत नगर्ने भनी माफि मागे पछि तामाङ जेल जानबाट जोगिएका छन् । नेपालीपाटीबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.