महाकाली खरीद गर्दै काष्ठमण्डप
काष्ठमाण्डप डेभलपमेण्ट बैङ्कले महाकाली विकास बैङ्कलाई खरीद गर्ने भएको छ । महाकालीलाई खरीद गर्ने सम्बन्धमा हालै दुई बैङ्कबीच सम्झौता भएको बैङ्कले जानकारी दिएको छ । काष्ठमण्डपका सञ्चालक समिति अध्यक्ष जगन्नाथ ज्ञवाली तथा महाकालीका अध्यक्ष सुरेन्द्रकुमार जोशीले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौतालाई दुवै बैङ्कका सञ्चालक समितिले समेत पारित गरिसकेको काष्ठमाण्डपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल राष्ट्र बैङ्कले ल्याएको पूँँजी वृद्धि योजनाअनुसार काष्ठमाण्डपले चुक्ता पूँजी वृद्धि गर्न महाकालीलाई खरीद गर्न लागेको बताएको छ । यी दुई संस्थाबीच शेयर स्वाप रेसियो १ बराबर १ नै हुने भएको छ । मर्जरसँगै बैङ्कको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्ने बताइएको छ । हाल काष्ठमाण्डपको चुक्ता पूँजी ६७ करोड ९८ लाख तथा महाकालीको चुक्ता पूँजी १२ करोड ७२ लाख रुपैयाँ रहको छ । मर्जरसँगै बैङ्कको शाखा सङ्ख्या २६ पुग्नेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...