-->
अनुहारका काला थोप्ला हटाउने घरेलु उपाय
Advertisement

अनुहारमा टुप्पो कालो भएका स-साना थोप्लाहरु हुन्छन्। भित्र डल्लो जस्तो देखिने यस्ता थोप्लाहरु निचोर्दा कडा जमेको सेतो खैरो पदार्थ आउँछ अनि छालामा सानो खाडल पर्दछ। यस्ता थोप्लाहरुलाई ब्लाकहेड्स भनिन्छ। अनुहारको सुन्दरताका लागि यस्ता ब्लाकहेड्स वास्तवमै अभिसाप नै हुन्छ, किनकी यसले अनुहारको छालालाई कुरुप बनाइदिनछ।
जब छालामा हुने स-साना छिद्रहरु सरीरबाट निस्कने चिल्लो पदार्थ, जिवाणुहरु तथा मृत कोशिकाका कारण बन्द हुन्छन् तब ब्लाकहेड्स देखिन थाल्छ। अनुहारमा टाँसिने धुलो, माटो तथा फोहोरका कारण समेत संक्रमण भएर यो सिर्जना हुनसक्छ। यो समस्या सबैभन्दा बढि तैलीय छाला हुनेहरुमा हुन्छ।
ब्लाकहेड्सको समस्याबाट धेरै मानिस पीडित हुने गरेको र यसबाट छुटकारा पाउनका लागि विभिन्न खाले उपाय तथा उपचार समेत अपनाउने गरेको पाइन्छ। तर केही सजिला घरेलु उपाय अपनाउने हो भनेमात्रै पनि यो समस्या समस्या कम हुन्छ। ती घरेलु उपाय यस्ता छन् :
वाफ लिने : दुइ मिनेटसम्म अनुहारमा वाफ लिनुहोस् र त्यसपछि प्राकृतिक स्क्रबरले अनुहार पुछ्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारमा रहेका यस्ता ब्लाकहेड्स हट्दछन् यसले अनुहारका अन्य सेता फुस्रा दागहरु पनि हराउँछन्।
तुलसी : अनुहार चम्किलो पार्नुका साथै डण्डिफोरको समस्या हटाउन तथा कालोपोतो र कालो टाउके थोप्लाहरु हटाउनका लागि समेत तुलसी उपयोगी हुन्छ। यसका लागि तुलसीको पातलाई पानीमा भिजाउने अनि त्यसलाई माथिपट्टि फर्काएर ब्लाकहेड्स भएको अनुहारको छालामा ५-१० मिनेट राख्ने। त्यसपछि तुलसीको पातलाई हटाएर मुख धुने। यो प्रक्रिया दैनिक रुपमा दोहोराएमा अनुहारको यस्ता कालो टाउका भएका थोप्लाहरु कम हुन्छ।
बदाम : बदाम टुक्राटुक्रा पार्नुहोस् अनि त्यसमा बेसन मिलाएर लेदो बनाउनुहोस्। अनि टुक्रा बदाम र बेसनको मिश्रणले अनुहार स्क्रब गर्नुहोस्। नियमित रुपमा यसो गर्दा अनुहारको ब्लाकहेड्स कम हुन्छ।
कागती र मह : कागतीको रस, नुन तथा मह समान मात्रामा मिलाएर झोल तयार गर्नुहोस्। यसमा दही पनि मिलाउन सक्नुहुन्छ त्यसपछि त्यो लेदोलाई अनुहारमा दलेर केही समयसम्म रगड्नुहोस् र स्क्रब गर्नुहोस्। ५-१० मिनेटपछि अनुहार धुनुहोस् र सफा रुमालले अनुहार पुछ्नुहोस्। नियमित रुपमा यसो गर्दा अनुहारको ब्लाकहेड्स, कालोपोतो, डण्डिफोर तथा अनुहार चिलाउने जस्ता समस्या हट्ने र अनुहार चम्किलो तथा सफा हुन्छ।
dcnepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.