-->
बिहानै भूकम्पले हल्लायो
Advertisement

शुक्रबार, २१ जेठ
काठमाडौ । शुक्रबार बिहानै भूकम्पको परकम्प गएको छ ।
सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर बिहान ५ बजेर १० मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वर्ष वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको बिनाशकारी भूकम्पपछि अझै पनि त्यसको परकम्प आउने क्रम जारी छ ।
अहिले सम्म चार रेक्टर स्केल भन्दा बढीको चार सय ५९ भन्दा बढी भूकम्पका परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.