-->
रेड वाइन र लसुनको मिश्रणले रगतमा भएको विषादी सफा पार्छ
Advertisement

के तपाईं शरीरिक थकानका कारण दिक्क हुनुभएको छ ? त्यसो हो भने आजको यो परिकार तपाईंक लागि अति उपयोगि सावित हुन सक्छ । -
आफ्नो रगतमा विषादीले घर नबनाओस भन्ने चाहनु हुन्छ भने तपाईंले रक्त सफा पार्ने बिधि नियमित रुपमा अपनाउन अति आवश्यक छ । रगतमा विषादी थुपारेर राख्नेहरुमा आलस्य तथा थकानले कहिल्यै छोड्दैन । यसका साथै शरीर सुनिने, मुटुमा संक्रमण हुने तथा रक्त संबद्ध अन्य समस्याहरु एक पछि अर्को देखिन थाल्छ ।
यस्ता समस्याहरुबाट बच्न तथा सतर्क रहन चाहनु हुन्छ भने हामी सबैको भान्सामा सहजै उपलब्ध हुने एक साधारण पेय पदार्थलाई कहिल्यै नटुटाउनुहोस् । यसका लागि तपाईंले लशुन र रातो वाइनको व्यवस्था गर्नु पर्ने हुन्छ । यो ओखतीले रगत सफा पार्ने, शरीरमा भएको अनावश्यक बोसो र नुनलाई शरीरबाट बाहिर निकाल्नुका साथै पाचन प्रक्रियामा समेत सुधार ल्याउँछ ।
आवश्यक चिजबिज :
१. आधा लिटर रातो वाइन
२. लशुनको केस्रा १० वटा
तयार पार्ने बिधि :
१. सर्वप्रथम लशुनको केस्राहरुलाई सफासँग पखाल्नुहोस् । प्रत्येक केस्रालाई चार चिरामा बिभाजन हुनेगरि काट्नुहोस् । यसलाई एउटा जगमा खन्याउनुहोस् । अव यसमा आधा लिटर रातो वाइन मिसाउनुहोस र जगको बिक्रो कडासँग बन्द गर्नुहोस् ।
२. जगलाई दुई हप्ता सम्म घाममा राखि दिनुहोस् । जगलाई प्रत्येक दिन हल्लाउन नबिर्सिनुहोस् । यसले मीश्रणलाई घोलिन सहयोग पुर्याउँछ ।
३. दुई हप्ता पछि जगमा भएको मीश्रणलाई हल्लाउनुहोस् र यसलाई ग्लास कन्टेनर तथा नयाँ भाडोमा खन्याउनुहोस् ।
४. एक महिना सम्म दिनको एक चम्चाका दरले तीन पटक सम्म ओखती सेवन गर्नुहोस् ।
सावधानी :
यो पेय पदार्थले रगत सफागर्न र नयाँ रगत निर्माण गर्न ठूलो भूमिका खेल्छ । यो ओखती एक महिना सम्मका लागि मात्र प्रयोग गर्न सल्लाह दिइन्छ । पुन प्रयोग गर्ने हो भने ६ महिना पछि अर्को ओखती बनाएर मात्र प्रयोग गर्नुहोस्


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.