बेलुका के खाने भन्ने समस्यासँग हरेक दिन जुधिरहेका छन् । कतिलाई त एकछाक खान पनि कैयौँ दिन कुर्नु पर्ने बाध्यता रहेको छ ।
गरिवीमा बाँच्नु मर्नभन्दा हजारौँ गुणा बढी गाह्रो हुन्छ । यस्तै गरिबीको चकमन्न अन्धकारलाई ज्यादै नजिकबाट नियालेका एकजना पात्र हुन, लोकगायक खड्क गर्बुजा । उनका हिजका कथा सुन्दा र अहिलेको सफलता देख्दा लाग्छ, संघर्षको नामनै खड्क गर्बुजा हो । दुबै खुटले काम गर्दैन उनका । ह्वीयलचियर उनकालागि सबैभन्दा नजिकको साथी बनेको छ । शरीर ह्वीयलचियरमा भएपनि गबुर्जाका सृजनाहरु डाँडाकाँडा, देउरालीभञ्ज्याङ, गाउँशहरदेखि समुन्द्रपारीसम्म छरिएका छन् ।
आजभन्दा ४७ वर्ष अघि म्याग्दीको मराङमा जन्मेका गर्बुजा पढाईमा भन्दा गीतगाउन र खेलमा बढी रुचि राख्दथे । उसोत सामान्यभन्दा अति सामान्य परिवारको आर्थिक अवस्था भएकाले विद्यालय चाहेर पनि खुसीले जानसक्दैनथे । घाँसदाउरा, मेलापात र भेडा गोठालो गर्दैमा दिन जान्थ्यो । आमाबाबुको इच्छा छोरा लाहुरे बनोस भन्ने थियो । लाहुरे बन्नु गाउँसमाजका लागि इज्जतको कुरा हुन्थ्यो । पैसासमेत राम्रै कमाइ्र्र हुने र पढाईपनि खासै नचाहिने भएपछि गाउँमा लाहुरे हुन चाहनेहरुको भिडनै लाग्थ्यो ।
त्यससमय अधिकांश जनजातीहरु भारत या बेलायती सेनामा भर्ती हुन जान्थे । मगरका छोरा गर्बुजा १५ वर्षकै कलिलो उमेरमा भारतीय सेनामा भर्ना हुन भारत लागे । अन्तिम चरणसम्म पुगेका उनलाई पछि उमेर कम भयो भन्दै फालियो । धनकमाएर आमाबालाई खुसी दिने सपना सपनानै रहिगयो । बल्तल्ल भर्ती हुन भारत पुगेका उनी एकवर्षसम्म घर फर्किएन्न । त्यतै सर्कसमा काम गर्न थाले । त्यहाँ पनि केही नहुने देखेपछि गाउँनै फर्किए । यसपाली भने लाहुरे हुने चाहना गाउँबाटै पुरा हुने स्थित आयो । त्यो पनि बेलायती सेनामा ।
तर, कस्को आँखा लाग्यो बरै, गाउँको अग्लोभीरले नजिकै आइपुगेको रङ्गिन खुसी लुटेर लग्यो । त्यस दिन उनी घाँस काट्न बनमा गएका थिए । कसो–कसो गर्दा अग्लो भिरबाट लडिहाले । उनी चारदिनसम्म पुरै अचेत अवस्थामा रहे । गल्लाको छनोटमा पर्न सफल भएका गर्बुजा दोस्रो चरणको छनोटका लागि तयारी गर्दै थिए । परिवारमा खुसी आइसकेको थियो । बाबुआमासँगै एकजना दाई, दिदी र दुई बहिनीले मिठा सपनाहरु सजाइसकेका थिए । तर, कस्को आँखा लाग्यो बरै, गाउँको अग्लोभीरले नजिकै आइपुगेको रङ्गिन खुसी लुटेर लग्यो । त्यस दिन उनी घाँस काट्न बनमा गएका थिए । कसो–कसो गर्दा अग्लो भिरबाट लडिहाले । उनी चारदिनसम्म पुरै अचेत अवस्थामा रहे ।
जब होसमा आए त्योबेला उनीमाथी फेरि आकास खस्यो । कारण उनका दुबै खुट्टाले काम गरेनन् । भर्खर जवानी चढ्दै गरेका उनमा कैयन रहरहरु जहर बनेर आयो । परिवारमा खुसीका दिप सल्काउने इच्छा मनभित्रै जर्वजसत आत्महत्या गर्न थाल्यो । उनलाई यसैत गरिवी त्यसमाथी अपाङ्गभई परिवारमा बोझ थपिरहेछु भन्ने मनमा लागिरहन्थ्यो । झन पछि आमासमेत प्यारालाइसिस बनेपछि उनका दुख कति गुणा बढेर गयो हिसाबगरी साध्य छैन । विस्तारै उनलाई काठमाण्डौँ जानुपर्छ भन्ने चेतना विकास भयो । र, आमाको गहना चोरेर काठमाण्डौँ हानिए ।
र, सुरुभयो गायन यात्रा । दुर्घटनापछि रेडियोबाट बज्ने गीतहरु असाध्यै सुन्न थाले । उनका साथी त्यही रेडियो थियो । जो हरपल नजिक रहन्थ्यो । रेडियोमा बजेका गीत सुन्दासुन्दै पछि आफैले पनि गीत बनाउन थाले । उनले आफ्ना दुख, पिडा, भावना सुनाउने माध्यम गीतलाई बनाए । साथीहरुले गाउँमा हुने मेलाहरुमा गीत गाउनका लागि बोकेर हिँडालन लागे । विस्तारै गाउँबाट सदरमुकाम झरे, त्यहाँपनि केही वर्ष गीत गाउँदै हिडे । त्यसबापत थोरै भएपनि पैसा मिल्थ्यो उनलाई । उनी २०४७ सालमा रेडियो नेपालमा छिरे ।
गीत गाउने रहर मात्र पुरा गरेनन स्वर परिक्षा समेत पास गरे । लगत्तै ‘भूमरी’ एल्बम निकाले । त्यती चर्चा भएन यसको । फेरी, खोलि बगर, बुट्टेचोलीमा लगाएतका एल्बमहरु निकाले । यीनीहरु औसत खुसी दिने खालका चाहिँ भए । गबुर्जालाई सबैभन्दा ठुलो सफलता दियो ‘सम्झना मनैमा’ एल्बमले । त्यो २०५३ सालमा निकालिएको एल्बमको अडियो क्यासेट एकलाख बीस हजार प्रति विक्री भएको थियो । त्यसपछि उनले आजका दिनसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।
सालैजो भाकामा पहिलो पटक गीत रेकडिङ गर्ने सर्जक गबुर्जा नै हुन् । त्यसभन्दा अघि अरु कसैलैपनि औपचारिक रुपमा गीत रेकडिङ गराएका छैनन् । यो उनको दाबी पनि हो । सम्झना मनैमा एल्बको ‘पानी खायो बाघैले’ बोलको गीतलाई सालैजो भाकामा गाएका थिए । त्यपछि सयभन्दा बढी सालैजो भाका गाइसकेका छन् । नयाँ पुस्ताहरुले पनि उनैलाई सालैजोको सुरुवातकर्ता मान्दछन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...