-->
७०० जना चढेको डुंगा डुब्यो : ९ जनाको मृत्यु, ३४० को जीवितै उद्धार
Advertisement

भूमध्येसागरमा आप्रवासी चढेको एउटा डुंगा डुब्दा ९ जनाको ज्यान गएको छ । तीन सय ४० जनाको जीवितै उद्धार गरिएको ग्रिसका अधिकारीले बताएका छन् । ग्रिसको क्रेट द्धिपबाट एक सय ४० किलोमिटर दक्षिण तर्फको समुद्रमा डुंगा डुबेको हो । डुंगामा रहेका अरु मानिस अझै बेपत्ता रहेको र खोजी भइरहेको ग्रिसका सरकारी अधिकारीले बताएका छन् । उद्धार तथा राहतका लागि विमान, पानी जहाज र हेलिकप्टर प्रयोग गरिएको छ । क्रेट द्धिपको तटमा डुबेको डुंगा अफ्रिकाबाट आप्रवासी लिएर छुटेको हुन सक्ने अनुमान गरिएको छ । तर अहिलेसम्म डुंगा कहाँबाट छुटेको थियो भन्ने यकिन भएको छैन । २५ मिटर लामो डुंगामा कम्तिमा सात सय जना चढेको हुन सक्ने आप्रवासीका लागि अन्तर्राष्ट्रिय संस्थाले जनाएको छ ।
अर्को घटनामा लिबियाको तटमा एक सय भन्दा धेरैको शव फेला परेको समाचार संस्था एपीले जनाएको छ । यो वर्ष मात्रै अहिलेसम्म समुद्री मार्ग भएर युरोप प्रवेश गर्न चाहने २५ सय भन्दा धेरैको ज्यान गइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

– एजेन्सीको सहयोगमा


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.