सुनको भाउ बढ्यो
काठमाडौं, जेठ २३ – सुनको भाउ आइतबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । हप्ताको अन्तिम दिन शुक्रबार तोलाको ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलाको ५५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा पनि धेरै भएको महासंघका अध्यक्ष मणिरत्न शाक्ले बताउनुभयो । अमेरिकामा रोजगारी वृद्धिको अंक सोचेभन्दा धेरै कम भएपछि सुनको भाउमा पनि असर गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार अमेरिकी संघीय बैंकले व्याजदर बढाउने तयारी गरेपनि त्यो निराशाजनक तरिकाले घटेपछि त्यसको असर सुनको भाउमा परेको हो । यस्तै चाँदी पनि आइतबार १० रुपैयाँले बढेर तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...